
नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण फेरि अवरुद्ध
तुइन खोलामा ढुंगा खसेपछि नारायणगढ मुग्लिन सडक शनिबार बिहान ३ बजेदेखि फेरि अवरूद्ध भएको छ ।
पहिरो ठूलो नभएका कारण छिट्टै बाटो खुल्ने सम्भावना रहेको भरतपुर डिभिजन सडक कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिए ।
अति व्यस्त रहने यो सडकखण्डको मुग्लिननजिक पर्ने तुइन खोलाआडको पाखोबाट बुधबार रातिदेखि नै ढुंगा खस्न थालेको थियो । बिहीबार बिहान साढे ९ बजेतिर एक घण्टा अवरूद्ध भएको उक्त सडक दिउँसो १ बजेदेखि २८ घण्टा रोकिएर शुक्रबार साँझ ५ बजेबाट खुलेको थियो ।




