
अम्गाईद्वारा जन्म दिनको अवसरमा मानव सेवा आश्रममा सेवा
सहिद लखन गाउँपालिका ८ घर भई हाल गोरखा नगरपालिका ६ कालीमाटी टोल बस्ने काशिनाथ अम्गाईले आफ्नो जन्म दिनको अवसरमा शुक्रबार मानव सेवा आश्रमलाई सहयोग गरेका छन् ।
परोपकार गरेर जन्मोत्सव मनाउने मनाशयले आश्रमलाई आठ हजार आठसय अठासी रुपैयाँ सहयोग गरेको अम्गाईले बताए ।
आश्रममा घरबार तथा अभिभावक विहिन भएर सडकमा अलपत्र परेका बालबालिकाहरुको बसोबास छ ।
अम्गाईँ सहिद लखन ८ का निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेसका सहिद लखन गाउँ कार्यसमितिका सभापति हुन् ।




