| बुधबार, कार्तिक २५, २०८३

बारपाक सुलिकोटमा एक महिने सिलाई कटार्ई एडभान्स तालिम सम्पन्न

बारपाक सुलिकोट गाउँपालिका–६ पोखरीगैरामा संचालित एक महिने सिलाई कटाई एड्भान्स तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा जेठ ७ गतेबाट सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो ।

‘सिप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्वा) अन्तरगत तालिम संचालन भएको हो । तालिममा पोखरीगैरा संघर्षशील लघु उद्यमी महिला समूहका १६ जना सहभागी थिए । तालिममा बसन्ती थापा मगरले सहजिकरण गरेकी थिइन् ।

उद्यमी बनेर आत्मनिर्भर हुन तालिमले सहयोग पुग्ने गाउँपालिका मेड्पा शाखा प्रमुख उषापुर्जा पुन मगरले बताइन् । वडा नं ६ का वडाध्यक्ष बाबुलाल गुरुको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्