
गोरखा नगरपालिकामा मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सम्पन्न
गोरखा नगरपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आयोजना तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण समाज नेपालको सहजीकरणमा सञ्चालित तालिम सोमबार सम्पन्न भएको हो ।
तालिममा नगरपालिकाभित्रका १४ वटा वडाबाट ५० जनाको सहभागिता रहेको छ । तालिममा समाजका प्रतिनिधिहरुले सहिजरकण गरेका थिए । तालिम पश्चात सहभागीहरु मेलमिलापकर्ताका रुपमा सूचिकृत हुने बताइएको छ ।
तालिममा सहभागीहरुलाई दुई समूहमा बिभाजन गरी न्यायिक समितिमा आउने विवाद, विवाद समाधानमा मेलमिलाप कर्ताको भूमिका, न्यायिक समितिको क्षेत्राधिकार, मेलमिलाप कर्ताको काम, कर्तव्य र भूमिका लगायतको बारेमा प्रशिक्षण गराइने नगरपालिकाकी कानून तथा पैmसला कार्यान्वयन शाखा प्रमुख विमला वाग्लेले बताइन् । नगरपालिकाभित्रका सबै मेलमिलाप केन्द्रमा ६ जना मेलमिलापकर्ता सूचीकृत गरिने उनले जानकारी दिइन् ।
तालिम समापन कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाले जटिल प्रकृतिका घटना बाहेक सामान्य घटनाहरु वडास्तरमै मिलाउनुपर्ने बताउँदै यसले सभ्य समाज निर्माणमा सहयोग पुग्ने जानकारी दिए । तालिम प्राप्त भएपछि गोरखा नगरपालिकामा न्यायिक वातावरण तयार हुने समेत अपेक्षा गरिएको उनले बताए ।
गोरखा नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक मसलीमाया थोकरले गाउँघरमा हुने सानातिना विवादहरु निष्पक्ष रुपमा गाउँ तथा वडास्तरमै मेलमिलाप गर्नका लागि मेलमिलाप सम्बन्धी आधारभूत तालिम दिइएको बताइन् । १४ वटै वडामा आइपर्ने विवाद अव वडा स्तरमा सूचिकृत भएका मेलमिलापबाट नै समाधान गरिने उनले बताइन् । तालिम सम्पन्न भएपछि सबै मेलमिलाप कर्ताहरुलाई उपप्रमुख तथा न्यायिक समितिका संयोजक थोकरले सबैलाई सपथ ग्रहण गराइकी थिइन् ।
गोरखा नगरपालिकाकी न्यायिक समितिको संयोजक तथा उपप्रमु्ख थोकरको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख राना, जिल्ला न्यायाधीश तेजेन्द्र शर्मा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसद पुन, प्रशिक्षक पार्वती विश्वकर्मा, प्रशिक्षार्थी रामशरण पोखरेल, गंगा सग्रौला लगायतले मन्तव्य राखेका थिए ।




