
महिला उद्यमीका लागि झोल साबुन बनाउने तालिम शुरु
गोरखा नगरपालिका–१२ का महिला उद्यमीलाई लक्षित गरी झोल साबुन बनाउने तालिम शुरु भएको छ । वुधबारबाट शुरु भएको तालिममा ४० जनाको सहभागीता रहेको छ ।
पाँच दिनसम्म चल्ने तालिममा सुब्बिनी लामिछानेले सहजिकरण गर्ने बताइएको छ । शिखरडाँडा सामुदायिक भवनमा शुरु भएको तालिमको वुधवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
सत्यदेवी महिला समूहकी अध्यक्ष खगुमाया लामिछानेको अध्यक्षता तथा गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्ष डिल बहादुर थापा लगायतले मन्तव्य राखेका थिए । तालिम संचालनका लागी गोरखा नगरपालिकाले तीन लाख रुपैया बिनियोजन गरेको छ ।




