
गोरखामा विपद व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न
गोरखामा विपद व्यवस्थापन अभिमुखीकरण एवं जलवायु समावेशी संकटासन्नता तथा क्षमता पहिचान कार्यक्रम सम्पन्न भएको छ । असल छिमेकी नेपाल पोखरा कास्कीको आयोजनामा बुधबार गोरखा सदरमुकाममा एक दिने कार्यशाला गोष्ठी भएको हो ।
कार्यक्रममा हरिबन्धु अर्यालले विपद व्यवस्थापन सम्बन्धी अभिमुखीकरण दिएका थिए । उनले प्रकोप संकटासन्नता तथा क्षमता तथा जलबायु परिवर्तन, नेपाल सरकारको विपद व्यवस्थापन सम्बन्धित निनि, ऐन तथा रणनीतिकहरुको सामान्वय जानकारी र स्थानीय विपद तथा जलवायु उत्थानशील योजनाका बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । त्यस्तै, संकटासन्नता तथा क्षमता विश्लेषणका औजारहरुबाट जलवायु सम्बन्धी सूचना कसरी लिन सकिन्छ र विपद र विकासका बारेमा जानकारी गराएका थिए ।
एक दिने अभिमुखीकरण कार्यक्रममा विभिन्न संघसंस्थामा आवद्ध ३० जनाको सहभागिता रहेको संस्थाका कार्यक्रम अधिकृत सुरेन्द्र दासले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगर, गोरखा नगरपालिका विपद शाखा प्रमुख, सुरक्षा निकाय, रेडक्रस सोसाइटी, नेत्रहिन संघ, स्थानीय महिला समूह, विपद प्रतिकार्य समूहका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।




