| बुधबार, कार्तिक २५, २०८३

तमु प्ये ल्हु संघ गोरखा महिलाको अध्यक्षमा रिना तमु चयन

तमु प्ये ल्हु संघ गोरखा जिल्ला महिला समितिको अध्यक्षमा रिना तमु चयन भएकी छन् ।

तमु प्ये हु संघ गोरखा जिल्ला समितिको आयोजना गोरखा सदरमुकाममा शनिबार भएको संघको दोस्रो जिल्ला अधिवेशनबाट रिना गुरुङको अध्यक्षता सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनले गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघका उपाध्यक्षमा सिता तमु(क), सचिवमा लक्षिन्द्र तमु, सहसचिवमा सीता गुरुङ(ख), कोषाध्यक्षमा सिता गुरुङ(ग) र सहकोषाध्यक्षमा मैतलु तमु चयन भएका छन् ।

सदस्यरुहरुमा लिला माया तमु, माया तमु, जग माया तमु, पस माया तमु, सीता तमु, यम कुमारी गुरुङ, हरिमाया तमु चयन भएका छन् । तमु प्ये ल्हु स.घ केन्द्रिय महिला समितिका अध्यक्ष पुष्पा तेल्मेको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्