| बुधबार, कार्तिक २५, २०८३

मानवताको उच्चतम अभिब्यक्ति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिल्लामा मानवताको उच्चतम अभिब्यक्ति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । २८ ओं स्थापना दिवसको अवसर पारेर शुक्रवार मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखाले कार्यक्रम गरेको हो ।

कार्यक्रममा मानव अधिकार सम्बन्धी नीति नियमका बारेमा सहभागिहरुलाई जानकारी गराइएको थिए । मानव अधिकार तथा शान्ति समाजका सचिव सिताराम तिवारीले शान्ति समाजको अवधारणा प्रस्तुत गरेका थिए भने समाजका पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दुवाडीले सहभागिहरुको जिज्ञासाको जवाफ दिएका थिए ।

समाजकी जिल्ला अध्यक्ष गोमा दुवाडीको अध्यक्षता तथा गोरखा नगपालिकाकी उपप्रमुख मसलीमाया थोकरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिका वडा नं १२ का अध्यक्ष डिल वहादुर थापा, दुर्गा घिमिरे, सिर्जना थापा, हिरा वहादुर अधिकारी, चोवनाथ संग्रौला, विष्णु माया कुमाल, भगवती विक लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्