
गोरखा अस्पतालका बिरामीलाई फलफुल वितरण
गोरखा अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको छ । सामुदायिक बन उपभोक्ता महासंघ नेपालको २८ औं स्थापना दिवसको अवसर पारेर बिहीबार फलफुल वितरण गरिएको हो ।
महासंघका जिल्ला अध्यक्ष भुमिप्रसाद रेग्मीको नेतृत्वमा अस्पतालका वार्ड, प्रसुति र इमर्जेन्सीका करिब २० जना बिरामीहरुलाई फलफुल वितरण गरिएको केन्द्रीय सदस्य नरबहादुर गुरुङले बताए ।
जिल्ला महासंघ गोरखाको आयोजनामा भएको कार्यक्रममा केन्द्रीय सदस्य गुरुङ, प्रदेश सदस्यद्वय चन्द्रकुमारी बराम र गोमा पोखरेल लगायतको उपस्थित रहेको थियो ।




