
दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै जिल्ला सदरमुकाममा प्रदर्शन भएको छ ।
नेकपा एकीकृत समाजवादी मोर्चा संगठन गोरखाले मंगलवार हरमटारीचोकमा प्रदर्शन गरेको हो ।
नेकपा एसका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज यदुविलास भण्डारी नेतृत्वको टोलीले प्रकरणका सबै भ्रष्ट अपराधीहरुलाई कडा कानूनी कारवाहीका लागी जनदवाव सृजना गर्न समेत भनेको छ ।




