
अस्थायी प्रहरी पोष्ट छेवेटारलाई टेवल फ्यान हस्तान्तरण
अस्थायी प्रहरी पोष्ट छेवेटारलाई टेवल फ्यान सहयोग प्रदान गरिएको छ ।
गोरखा नगरपालिका वडा नम्वर ७ स्थितठूलो सामुदायिक वन उपभोक्ता समूहले दुई थान फ्यान सहयोग गरेको हो ।
संस्थाको २७ औ साधारणसभाको अवसर पारेर समूहका अध्यक्ष तिलक बहादुर खड्काले पोष्ट इन्चार्ज हवल्दार बिजय डाँगीलाई फ्यान हस्तान्तरण गरेका हुन् ।
चौकीबाट माग भएपछि बैठकबाट निर्णय गरेर फ्यान प्रदान गरेको बताइएको छ ।




