
तमु साँस्कृतिक प्रतिष्ठान नेपालको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न
तमु साँस्कृतिक प्रतिष्ठान नेपालको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न भएको छ ।
तमु ह्योल छोज धिँ नेपाल गोरखाको हलमा शनिबार परीक्षा भएको हो ।
परिक्षामा जिल्लाका ९ पालिकाबाट ३९ जना बिद्यार्थी सहभागी भएको तमु ह्युल छोज धि गोरखाका अध्यक्ष राम बहादुर गुरुङले बताए । आठ कक्षा उर्तिण गरी नौ कक्षामा पुगेका गुरुङ समुदायका बिद्यार्थीहरु मात्र परीक्षामा सहभागी हुने पाउने व्यवस्था रहेको थियो ।

परीक्षामा उर्तिण हुने बिद्यार्थीले वार्षिक आठ हजार रकम छात्रवृत्ति पाउने छन् । परीक्षाको नतिजा भने केही महिनामा सार्वजनिक हुने बताइएको छ ।
तमु साँस्कृतिक प्रतिष्ठान नेपालले विगत दुई वर्षदेखि जिल्लामा छात्रवृत्ति उपलब्ध गराउदै आएको छ ।
प्रतिष्ठानका अध्यक्ष चित्र गुरुङको संयोजक तथा तमु ह्युल छोँज धि गोरखाका अध्यक्ष राम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लोकबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।




