
हस्तकला सामग्री उत्पादन सम्बन्धी सिपमूलक तालिम सम्पन्न
गोरखा नगरपालिका–१३ मा महिलाहरुका लागि मकैको खोस्टाबाट हस्तकलाका विभिन्न सामग्री उत्पादन गर्ने ३० दिने सिपमूलक तालिम सम्पन्न भएको छ ।
वडा न. १३ को आयोजना तथा ओम राजश्री मल्टी एग्रो प्रा.लि काठमाडौको प्राविधिक सहयोगमा तालिम संचालन भएको हो ।
स्थानीय कच्चा पदार्थलाई सदुपयोग गरी रोजगार सिर्जना गर्ने उद्देश्यले तालिम संचालन गरिएको वडाध्यक्ष मित्रा कुमारी परियारले बताइन् । चैत्र २८ गतेबाट तालिम शुरु भएको थियो ।
३० दिनसम्म चलेको तालिममा वडा भित्रका २२ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिम अवधीभर मकैको खोस्टाको टोपि र झोलो बनाउन सिकाइएको प्रशिक्षक कुसुम नेपालीले बताइन् ।




