
नेपाल कृषि सहकारी र सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स बीच बीमा सम्वन्धी सम्झौता
नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड तथा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड बीच बीमा सम्वन्धी सम्झौता भएको छ ।
देशभर रहेका नेपाल कृषि सहकारी संघको सदस्यता प्राप्त कृषि सहकारी संस्थाहरुमा आवद्ध विपन्न तथा साना किसान सदस्यलाई म्यादी विमा प्रदान गर्ने सम्झौता भएको हो ।
म्यादी बिमा एक प्रकारको जीवन बीमा योजना रहेको र यस अन्तरगत बीमीतको मृत्यु भएमा बीमाकं रकम प्रदान गरिने बताइएको छ ।
संघल आफ्नो सदस्य संस्थाहरुलाई कृषि उत्पादन तथा उत्पादकत्वमा बृद्धि गर्न, व्यवसायिक योजना तथा रणनीतिक योजना बनाउन सहयोग गर्दै गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
हाल यस संघबाट देशभर १२ लाखभन्दा बढी साना किसान परिवारहरूले सेवा लिई रहेको संस्थाले जनाएको छ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले हाल विविध योजना मार्फत देशभर दश लाखभन्दा बढी ग्राहकलाई सेवा दिदै आएको दावी गरेको छ ।




