
तरकारी बाली सम्बन्धी १६ हप्ते तालिम सम्पन्न
गोरखा नगरपालिका–१३ बैटारीका किसानलाई तरकारी वाली सम्बन्धी (आइपिएम) तालिम दिइएको छ । कृषि ज्ञान केन्द्रको आयोजनामा संचालित तालिममा दरौदी मस्र्याङदी कृषक समूहका २५ जना कृषक सहभागी थिए ।
१६ हप्तासम्म संचालन भएको तालिममा काँक्रा, घिरौँला, करेला जस्ता लहरे वाली लगायत अन्य तरकारी खेतीमा लाग्ने किरा र त्यसको नियन्त्रणको उपायबारे प्रशिक्षण दिइएको थियो । कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारी, वागवानी शाखाका अधिकृत प्रमोद गैरे, मुना घिमिरे लगायतले तालिममा सहजिकरण गरेका थिए ।
तालिमको शनिवार एक कार्यक्रमका बीच समापन गरिएको छ । दरौँदी मस्र्याङदी कृषक समूहका अध्यक्ष जीतबहादुर भट्टको अध्यक्षता तथा गण्डकी प्रदेश सभा सदस्य फणिन्द्र देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिका उपप्रमुख मसलीमाया थोकर, वडा नंं. १३ का सदस्य कृष्णप्रसाद काराखेती, नेपाल समाजवादी पार्टी गण्डकी प्रदेश सदस्य रामभक्त खनाल लगायतले मन्तव्य राखेका थिए ।




