| बुधबार, कार्तिक २५, २०८३

गोरखामा कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्ति पक्राउ

बैदेशिक रोजगार ठगी गरी फरार भएका स्याङजाका एक व्यक्ति गोरखाबाट पक्राउ परेका छन् ।

स्याङ्जाको बिरुवा गाउँपालिका–२ का ३५ बर्षीय हुमप्रसाद गुरुङलाई मंगलवार गोरखा सदरमुकामबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कोरिया पठाइदिने नाममा रकम ठगी गरेको भन्दै गुरुङबिरुद्ध बैदेशिक रोजगार बिभागमा उजुरी परेको थियो ।

उनलाई पक्राउ गरी उपस्थित गराउन बिभागले निर्देशन गरेपछि खोजतलास गर्ने क्रममा गोरखामा लुकीछिपी बसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुरुङलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागी सोमवार बिभाग पठाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्