| बुधबार, कार्तिक २५, २०८३

मादक पदार्थ सेवन गरी होहल्ला गर्ने व्यक्ति पक्राउ

मादक पदार्थ सेवन गरी अशान्ति मच्चाएको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका–६ गाँखुमा मापसे गरी रातभर होहल्ला गर्ने, अशान्ति मच्चाउने गरेका २२ बर्षका स्थानीय अशोक गुरुङ पक्राउ परेका हुन् ।

उनले शनिवार राती करिव साढे ११ बजेको समयमा रक्सी सेवन गरी स्थानीयलाई अपशब्द प्रयोग गर्नुका साथै इट्टा र ढुंगा समेत प्रहार गरेर शान्ति भड्काएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई आइतवार पक्राउ गरेको हो । उनीबिरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुर शिर्षकमा मुद्धा दर्ता भएको एसपी अनुपम श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्