| बुधबार, कार्तिक २५, २०८३

लार्के भञ्ज्याङमा मृत्यु भएका दवाडीको शव काठमाडौँ लगियो

लार्के पास गर्ने क्रममा मृत्यु भएका २० बर्षीय युवक प्रकाश दवाडीको शव हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।

आइतवार दिउँसो तीन बजे डायनेष्टी एयरको हेलिकप्टरमार्फत शव काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

धादिङ निलकण्ठ नगरपालिका–११ घर भएका उनी बहराल एडभेन्चर प्रालिबाट भरियाका रुपमा टोली लिएर लार्के पास गर्न गएका थिए । खराव मौसमका कारण बिरामी परेका उनको समयमै उद्धार हुन नसकेपछि ज्यान गएको हो ।

शनिवार मृत्यु भएका दवाडीको शव सोही दिन सामागाउँ ल्याएर राखिएको थियो । आइतवार काठमाडौँको शिक्षण अस्पतालमा लगिएको प्रहरी निरक्षक रविन्द्र अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्