| बुधबार, कार्तिक २५, २०८३

जेसिजका महासचिवहरुको भेला सम्पन्न

नेपाल जेसिज अन्तरगत वर्ष २०२३ का महासचिवहरुको भेला गोरखामा सम्पन्न भएको छ ।

शनिवार सम्पन्न भेलाले जेसिजका गतिविधिहरु थप प्रभावकारी बनाउँदै लैजाने निर्णय गरेको छ । दुई दिनसम्म चलेको भेलामा महासचिवको काम र कर्तव्य बारे छलफल भएको जेसिज गोरखाका महासचिव संगमबाबु श्रेष्ठले बताए ।

कार्यक्रममा नाल्दुम नगरकोट जेसिज २०२३ का महासचिव दीपा लामाले जेसिजको आस्था पाठ वाचन गरेकी थिइन् । गोरखा जेसिज बर्ष २०२३ का महासचिव श्रेष्ठले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्