
मणिराम गाइने स्मृति प्रतिष्ठानमा मंगलप्रसाद
नेपाल एकीकरण महाअधियानमा पृथ्वीनारायण शाहलाई सघाउने मणिराम गाइनेको इतिहास जगर्ना गर्ने उद्देश्यका साथ गोरखामा ‘मणिराम गाइने स्मृति प्रतिष्ठान’ गठन गरिएको छ ।
मंगलप्रसाद गान्धारीको अध्यक्षतामा समिति चयन गरिएको हो । हालै सम्पन्न समितिको भेलाले गान्धारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको हो । जसको उपाध्यक्षमा राधा गान्धारी, सचिवमा जीवन कुमारी गान्धारी, सहसचिवमा दुर्गादेवी गान्धारी र कोषाध्यक्षमा रेशम गान्धारी चयन भएका छन् ।
सदस्यहरुमा गणेश गान्धारी, रमेश गान्धारी, अनिता गान्धारी र गोमा गान्धारी रहेका छन् ।
मणिराम गाइनेको इतिहास जर्गेना गर्ने समितिको लक्ष्य छ । उनको शालिक समेत निर्माण गर्ने तयारी भइरहेको समितिले जनाएको छ ।
नेपाल एकीकरणको क्रममा पृथ्वी नारायण शाहलाई सहयोग गर्ने मध्येका एक मणिराम गाइने थिए । पृथ्वी नारायण शाहले युद्ध जितिसकेपछि ब्राह्मणबाट वेद वाचन र जयघोष गर्ने, बिसे नगर्ची र बानादार दमाईले नगरा बजाउने र मणिराम गाइनेले सारङ्गी बजाएर बिजय उत्सव मनाएका थिए ।




