
प्रेस स्वतन्त्रता र व्यावसायिक नैतिकताको मुद्दा सम्बन्धी अन्तरक्रिया
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गोरखामा प्रेस स्वतन्त्रता र व्यावसायिक नैतिकताको मुद्दा सम्बन्धी अन्तरत्रिया कार्यत्रम सम्पन्न भएको छ । मानव अधिकार शान्ति समाज गोरखा शाखाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मानव अधिकार शान्ति समाजका केन्द्रीय सचिव सिताराम श्रेष्ठले प्रेस स्वतन्त्रता र व्यावसायिक नैतिकताको मुद्दा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले प्रेस स्वतन्त्रता दिवसमा स्वतन्त्रताको आधारभूत मूल्यहरुलाई उत्सवका रुपमा मनाउने अवसरका मनाउनु पर्ने, प्रेस स्वतन्त्रताको विश्वव्यापी स्थितिबारे आँकलन गर्ने, मिडियामाथि हुने आक्रमणबाट रक्षा गर्नका लागि सहकार्य आवश्यक रहेको, प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गर्नुपर्ने, श्रमजीवी पत्रकारहरुको अधिकार, अधिव्यक्ति स्वतन्त्रता लगायतका बारेमा अवधारणापत्र प्रस्तुत थिए ।
मानव अधिकार तथा शान्ति समाज गोरखाका शाखा सभापति गोमा दुवाडीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शान्ति समाजका केन्द्रीय कार्य समितिका सचिव सिताराम तिवारी, शान्ति समाजका पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दुवाडी, गोरखा शाखाका उपसभापति शरदबाबु श्रेष्ठ, गोरखा शाखाका पूर्व सभापति यदु अधिकारी, पत्रकार शिव उप्रेती, नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।




