| बुधबार, कार्तिक २५, २०८३

सामुदायिक वन उपभोक्ता महासंघ गोरखाको अध्यक्ष रेग्मी

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ गोरखाको अध्यक्षमा भूमि प्रसाद रेग्मी चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार भएको महासंघको सातौ अधिवेशनबाट रेग्मीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा सावित्री थापा राना, सचिवमा पार्वती देवी पाठक र कोषाध्यषमा सुवास घिमिरे चयन भएका छन् ।
कार्यक्रममा संगठनको गतिविधिलाई अझै गतिशील बनाउनुपर्ने र वन तथा वातावरण क्षेत्रलाई महत्व दिएर काम गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

त्यस्तै, अहिले डँढेलोको समस्या जिल्लाभर बढ्दै गएको र यसको नियन्त्रणका लागि सरोकारवाला, जनप्रतिनिधि, नागरिक समाज सबै एकजुट भएर लाग्नुपर्ने र वन वनमा डँढेलो नियन्त्रणका लागि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने बताएका थिए । सामुदायिक वनभित्र हुने विभिन्न विकास निर्माणका कार्यहरु हुदा कानूनी व्यवधानहरु, मुद्दा मामिला झेल्नुपर्ने हुँदा यसको सहजीकरण गरिदिनुपर्ने समेत उनहरुले सम्बन्धित निकायलाई आग्रह गरेका थिए ।

सामुदायिक वन उपभोक्ता महासंघ गोरखाका निवर्तमान अध्यक्ष कमल लामिछानेको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख तथा महासंघका संस्थापक सचिव, दुई कार्यकाल फेकोफनका जिल्ला अध्यक्ष भइसकेका कृष्ण राना मगर, डिभिजनल वन कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठ, महासंघका केन्द्रीय सदस्य कविता अर्याल, स्थानीय महासंघका तर्पmबाट शहिदलखनका देवराज खनाल, आदिवासी जनजाति महासंघ गोरखाको तर्फबाट प्रेमध्वज थापा, पारिवारिक निजी वन संघबाट सानुमाया बस्नेत लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्