
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) गोरखाको अध्यक्षमा खनाल
नेकपा माओवादी केन्द्रको भातृ संस्था अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) गोरखाको अध्यक्षमा धु्रव खनाल चयन भएका छन् । नेकपा माओवादी केन्द्र गोरखाको पार्टी कार्यालयमा आइतबार भएको महासंघको प्रथम जिल्ला भेलाले खनालको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
महासंघको उपाध्यक्षमा नवराज पोखरेल, ध्रुवराज रेग्मी, होमबहादुर देवकोटा, सचिवमा अनिल बि.क, सहसचिवमा राजेन्द्रबाबु अर्याल, र कोषाध्यक्षमा कल्पना श्रेष्ठ सर्वसम्म चयन भएका छन् ।
सो अवसरमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखबहादुर थापाले कृषि पेशालाई सम्मानित पेशा वनाउनु पर्ने बताए । उनले किसानलाई राज्यले उचित सम्मान गर्न सकेमा नेपाल कृषि क्षेत्रबाट नै समृद्धि हासिल गर्न सकिने बताए । सोही कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष रामबहादुर खड्काले नेपाल कृषिबाट नै आत्मानिर्भर बनाउनका लागि कृषि पेशा गर्ने कृषकको जीवन स्तर सुधार हुने कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।
महासंघका जिल्ला संयोजक रामबहादुर खड्काको अध्यक्षता तथा महासंघका केन्द्रीय उपाध्यक्ष ढकालको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखबहादुर थापामगर, महासंघका उपमहासचिव तथा गण्डकी प्रदेश संयोजक ऋषि भूसाल, केन्द्रीय सदस्यहरु पृथ्वीराज धौराली, राजकुमार सुनार, शारदा घिमिरे लागयतको सहभागिता रहेको थियो ।




