
गण्डकी प्रदेशसभा अधिवेशन आह्वान
गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ९ गतेका लागि बोलाइएको छ ।
प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन बोलाएका हुन् ।
प्रदेशसभा भवन नदीपुरमा वैशाख ९ गते शनिबार दिउँसो ३ बजे बैठक सुरू हुनेछ । चैत ३० गते प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबार उक्त सूचना सार्वजनिक गरिएको हो ।




