| बुधबार, कार्तिक २५, २०८३

नगरपालिका स्थानीय वन महासंघको अध्यक्षमा कोईराला

गोरखा नगरपालिका स्थानीय वन महासंघको अध्यक्षमा ज्योती कोईराला चयन भएका छन् । शनिवार गोरखा सदरमुकाममा सम्पन्न भएको दोस्रो अधिवेशनले कोईरालालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

उपाध्यक्षमा कुमार बानियाँ, सचिव सम्झना थापा, कोषाध्यक्ष राधिका कुमाल, सह सचिव गणेश गिरी रहेका छन् । १७ सदस्यीय कमिटि चयन भएको छ ।

अधिवेशनले लेखा तथा अनुगमन समितिको संयोजक हिराबहादुर अच्छामी, न्यायिक समिति संयोजक वुद्धीबहादुर कुमाललाई चयन गरेको छ । नगरक्षेत्र भित्रको बन समुहको क्षमता बिकास, बन संरक्षण र अन्य बन संम्बन्धी मुद्धाहरुलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको नव निर्वाचित अध्यक्ष कोईरालाले बताए ।

नगरबन महासंघका अध्यक्ष निर्मला थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, नगरप्रमुख कृष्णबहादुर राना, सामुदायिक बन महासंघका केन्द्रीय सदस्य नरबहादुर गुरुङ, जिल्ला अध्यक्ष कमल लामिछाने, सुवास घिमिरे लगायतले मन्तब्य राखेका थिए ।

निर्वाचन समितिमा संयोजक स्थानेश्वर दुवाडी, सदस्य सुनिलबाबु अर्याल, सदस्य सुजन कुँवर रहेका थिए । अधिवेशनले जिल्ला र प्रदेश प्रतिनिधि ८÷८ जना चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्