| बुधबार, कार्तिक २५, २०८३

लार्केपास गर्ने क्रममा दुई आन्तरिक पर्यटक हिमपहिरोमा फँसे

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं १ स्थित लार्के पास जार्ने दुई जना हिमपहिरोमा फसेका छन् । नवलपुरको कावासोती बस्ने २६ सौरभ खनाल र २२ वर्षिया अनिता घले हिमपहिरोमा फँसेको प्रहरीले जनाएको छ ।

लार्केपास गर्नका लागि उनीहरु बुधबार बिहान साम्दोबाट हिडेका थिए । धर्मशालाभन्दा दुईघण्टाको बाटो माथि हिमपहिरोमा फँसेको धर्मशालाको होटलमा रहेका पर्यटक गाइड सुसन गुरुङले जानकारी दिए ।

गुरुङले दुईजना फँसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । आफनो पर्यटकलाई लार्केपास गराई उनी हिमपहिरोमा फँसिरहेका घले र खनालको उद्धारमा खटिएका थिए ।

साथै दिउँसो ४ बजेतिर साम्दो गुम्बाबाट १० जना लामासहितको टोली उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए । आन्तरिक पर्यटकका रुपमा उनीहरु लार्केपास पुगेको जनाएको छ ।

बुधबार दिउसोसम्ममा घलेको अवस्था सामान्य रहेको खनालको स्वास्थ्यमा भने केही समस्या देखिएको उनले बताए । उनीहरुको उद्धारको लागि जिल्ला र केन्द्रबाट पनि पहल भइरहेको डिएसपी लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्