
रुन्चेतमा भएको निशुल्क आँखा जाँच शिविरबाट एक सय ६६ जना लाभान्वित
धार्चे गाउँपालिका वडा नं २ स्थित रुन्चेतमा मंगलबार भएको निशुल्क आँखा जाँच शिविरबाट एक सय ६६ जना लाभान्वित भएका छन् । गोरखा लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोग र गाउँपालिकाको व्यस्थापनमा भएको शिविरमा एक सय भन्दा बढीले आँखाको जाँच गरेका हुन् ।
शिविरमा ४० जना पुरुष र एक सय २६ महिला गरी कुल एक सय ६६ जनाले आँखाको परिक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखाका केशव गुरुङले जानकारी दिए । शिविरमा आँखा जाँचसँगै निशुल्क रुपमा औषधी पनि वितरण गरिएको थियो । आँखा जाँच गरेका मध्य दश जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।
सोहि अवसरमा गण्डकी आधारभुत विद्यालय रुन्चेतमा अध्ययनरत दुई सय २० जनाको आँखा चेकजाँचको त्रममा ८ जना विद्यार्थीको आँखा दृष्टिको समस्या देखिएको उनले बताए । यस्तै सोमबार कैरौजामा भएको निशुल्क आँखा जाँच शिविरमा दुई सय २५ जनाले आँखाको जाँच गरेका थिए ।
उनीहरु मध्य १२ जनाको मोतिविन्दु शल्यक्रिया गर्नुपर्ने देखिएको गुरुङले जानकारी दिए । धार्चे गाउँपालिकाका चैत्र ५ गतेबाट सुरु भएको शिविर दई चरणमा गरी २८ गते सम्पन्न हुनेछ ।




