| बुधबार, कार्तिक २५, २०८३

दुबईमा रहेका युनिक क्षेत्रीद्वारा गुरुकुलका विद्यार्थीलाई स्वादिष्ट भोजन खुवाइयो

गोरखा सदरमुकाम स्थित गोरखक्षनाथ वैद्धिक गुरुकुल विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई स्वादिष्ट भोजन खुवाइएको छ ।

नुवाकोट जिल्ला किस्पाङ स्थित सातोबाटो घइ भई हाल दुवइमा रहेका युनिक क्षेत्रीको आर्थिक सहयोगमा गुरुकुलका विद्यार्थीहरुलाई भोजन खुवाइएको हो ।

समाज सेवा क्षेत्रमा निरन्तर सक्रिए हुदै आएका क्षेत्रीले यसपटक गोरखा गुरुकुलमा अध्यनरत बालबालिकाहरुलाई स्वादिष्ट भोजनसँगै फलफुल विरतण गरेको हो । उनले आफनो व्यत्तिगत पैसा खर्च गरी गुरुकुलका विद्यार्थीहरुलाई भोजन र फलफुल वितरण गरिएको हो ।

१५ हजारको भोजन र फलफुल उपलब्ध गराएको उक्त कार्यक्रमको सहजकर्ता हातेमालो टिभिका संचालक पार्वती गोरर्खालीले बताइन् । उनका अनुसार क्षेत्रीले समाजका दिनदुखी, गरिब असाहाय, अशक्तलाई प्रत्येक महिना दश जनालाई रु ५÷५ हजारको दरले सहयोग गर्दै आएका छन् ।
कार्यक्रम समापन पश्चात साँस्कृतिक कार्यक्रम समेत गरिएको उनले बताइन् ।गोरखक्षनाथ वैद्धिक गुरुकुलका अध्यक्ष बोधप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगर, कलाकार प्रेम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्