| बुधबार, कार्तिक २५, २०८३

गोनपा ४ मा सुन्तला सम्बन्धि २ दिने तालिम सुरु

गोरखा नगरपालिका वडा नं ४ भगवतीथानमा सुन्तला जात फलफुल सम्बन्धि २ दिने तालिम सुरु भएको छ । कृषि ज्ञान केन्द्र गोरखाको आयोजनामा भएको उक्त तालिमको जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापाले मंगलबार उद्घाटन गरेका हुन् ।

कृषि ज्ञान केन्द्र गोरखाको आयोजनामा आर्थिक वर्ष २०७९÷८० को कार्यक्रम अन्तरगत तालिम संचालन गरिएको हो । भौगोलिक अवस्था र किसानहरुको माग अनुसार नै तालिम संचालन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले बताए ।

तालिममा सुन्तला रोपन प्रविधि, सुन्तला खेती गर्दा आइपर्ने समस्या, समाधानका उपायहरु र सुन्तला खेती गर्दा अपनाइने प्रविधिहरुको बारेमा जानकारी दिइने उनले बताए ।

उक्त तालिममा वडा भित्रका ४० जना कृषकहरुको सहभागिता रहेका छन् । दुई दिने तालिममा सैद्धान्तिक र प्रयोगगात्मक कक्षहरु पनि संचालन गरिने उनले बताए । तालिमको अन्तिम किसानहरुको माटो परिक्षण गर्ने कार्यक्रम रहेको समेत उनले बताए ।

तालिमको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकाका कृषि अधिकृत रविन्द्र पौडेल, कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारी, कार्यालयका मुना घिमिरेले तालिमको सहजीकरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्