| बुधबार, कार्तिक २५, २०८३

कृषि ज्ञान केन्द्रको आयोजनामा च्याउ खेती संम्बन्धी दुई दिने तालिम सुरु

कृषि ज्ञान केन्द्र गोरखाको आयोजनामा गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा दुई दिने च्याउ खेती सम्बन्धी तालिम सुरु भएको छ । तालिममा गोरखा नगरपालिका ३ देखि वडा नम्बर ९ सम्मका २५ जनाको सहभागिता रहेको थियो ।

तालिममा तीन किसिमका च्याउहरु, कन्यच्याउ, गोब्रेच्याउ, सिताके च्याउ खेती कसरी गर्ने भन्ने बारेमा सिकाइएको कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले बताए । तालिम शुक्रवार सम्म चल्नेछ ।

तालिममा सैद्धान्तिक र ब्यबहारिक ज्ञान दिइएको उनले बताए । तालिमको मुख्य प्रशिक्षक धनबहादुर राना, ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारी, जेटिएहरु राजेश बयलकोटी, मुना घिमिरेले सहजिकरण गरेका थिए । किसानहरुलाई ब्यवशायिक रुपमा च्याउ खेती गर्ने उद्देश्यले तालिम दिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्