| बुधबार, कार्तिक २५, २०८३

ज्यान मार्ने उद्योग मुद्दाका फरार गैडे पक्राउ

प्रहरीले ज्यान मार्ने उद्योग गरी फरार प्रतिवादी पक्राउ गरेको छ । गत मंसीर १२ गते राती ९ बजेको समयमा आँबुखैरेनी ३, तल्लोबजारस्थित आँबुखैरेनी गोरखा सडकखण्डमा विष्णुप्रसाद जोशीलाई फलामको धारिलो हतियार प्रहार गरी घाईते बनाई ज्यान मार्ने उद्योग गरी फरार रहेका गोरखा, पालुङ्टार ५ ठाँटीपोखरी बस्ने बर्ष ३३ को गैडे भन्ने मधुराम भुजेललाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

विभिन्न समयमा विभिन्न व्यवसायीलाई गुन्डागर्दी शैलीमा विभिन्न बहानामा दुख हैरानी दिने गरेका भुजेललाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योगमा तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाएको प्रहरी निरीक्षक गायत्रीराज शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्