
गाउँमा अशान्ति मच्चाउने गोनपा १४ का लामा पक्राउ
गाउँटोलमा अशान्ति मच्चाउने एक पुरुष पक्राउ परेका छन् ।
गोरखा नगरपालिका वडा नं १४ देउरालीका २७ वर्षीय विक्रम लामालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनुपम श्रेष्ठले बताए ।
गत सोमबार विहान देउरालीमा हात खुर्पा लिई गाउँका छरछिमेकीलाई धाकधम्की दिएको र अपशब्द बोली गाली गलौज गरेको आरोपमा उनलाई पक्राउ गरिको उनले जानकारी दिए ।
पक्राउ परेको लामा विरुद्ध मंगलबार नै अभन्द्र व्यवहार गर्न नहुने कसूर शीर्षकमा मुद्धा दर्ता भएको छ ।




