| बुधबार, कार्तिक २५, २०८३

गोरखाका मोबाइल व्यवसायीद्वारा लुटपाटको बिरोध

काठमाण्डौको गोगंबुमा सोमवार यातायात व्यवसायीको आन्दोलनको क्रममा मोवाइल पसलमा भएको लुटपाटको जिल्लाका मोवाइल व्यवसायीहरुले बिरोध गरेका छन् ।

व्यवसायिक सुरक्षा सुनिश्चिता गर भन्ने नारासहित मोवाइल व्यवसायी महासंघ गोरखाको आयोजनामा बुधवार कोण सभा गरिएको छ । हरमटारीचोकमा भएको कोण सभालाई सम्बोधन गर्दै महासंघका जिल्ला अध्यक्ष सुमन कार्कीले घटनामा संलग्नलाई कारवाही माग गरेका छन् ।

गत फागुन १ गते काठमाडौको लोत्से मलमा रहेको मोबाइल व्यवसायीको पसलमा दिउसै केही व्यक्तिहरुले लुटपाट मच्चाएका थिए । उक्त लुटपाटबाट लाखौ रुपैया क्षति भएकाले उचित क्षतिपूर्ति सहित व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग उनीहरुको छ । कोणसभा अघि उनीहरुले बसपार्कदेखि हरमटारीचोकसम्म बिरोध ¥याली समेत गरेका थिए ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानबिन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कारबाही गर्न निर्देशन दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्