
गोरखामा बिमा प्राधिकरणको अन्तरक्रिया
नेपाल विमा प्राधिकरणले गोरखामा सोमवार अन्तरक्रिया कार्यक्रम गरेको छ । गोरखा नगरपालिकाभित्र जनप्रतिनिधि, जिल्लामा संचालित बिभिन्न बिमा कम्पनीका कर्मचारी लगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरेको नेपाल बिमा प्राधिकरणका सहायक निर्देशक केदारनाथ भट्टले बताए ।
बिमा प्राधिकरणले बिमाको महत्व, फाइदा लगायतका बारेमा सहभागीलाई जानकारी गराएको हो । बिमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बिमा जोखिमको सुरक्षा प्रदान गर्ने बित्तीय प्रक्रिया रहेको बताए । गाउँगाउँमा बिमाको पहुँच बिस्तार गर्न, नेपालमा बिमाको अवस्थाबारे जानकारी दिन, जनचेतना जगाउन प्राधिकरणले प्रदेश र बिभिन्न स्थानीय सरकारसँग बिमाको बारेमा अन्तरक्रिया र छलफल गर्दै आएको उनले बताए ।
मनवजीवन र भौतिक सम्पत्तिमा आईपर्ने जोखिम भुक्तानी बिमाले गर्ने बताउँदै उनले जीवन बिमा, निर्जीवन बिमा, पुन बिमा, लघुबिमा जस्ता कार्यक्रम अहिले संचालनमा रहेको बताए । लघु बिमा थोरै रकम कायम गरेर संचालन गर्ने गरी प्रक्रिया सुरु भएपनि लागु हुन बाँकी छ ।
कृषि तथा पशुपंक्षी बिमा, बनस्पती बिमाका बारेमा अझै प्रचार गर्न आवस्यक भएको सहभागीले बताएका थिए । नेपालमा प्राधिकरणबाट अनुमती प्राप्त ४५ वटा बिमा कम्पनी रहेका छन् । बिमा कम्पनीले सम्झौता अनुसार क्षतीपूर्ती, सम्पत्ती वा ब्यक्तिगत सुरक्षा, बचतमा प्रोत्साहन गर्दै आएको प्राधिरकणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगर, उपप्रमुख मसलीमाया थोकर लगायतको उपस्थिति थियो ।




