| बुधबार, कार्तिक २५, २०८३

लुदी दामगाडे सामुदायिक वनको अध्यक्षमा हरिभक्त कट्टेल चयन

लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समिति १९ औँ साधारण सभा तथा १३ औँ अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको अधिवेशनले हरिभक्त कट्टेलको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा पशुपति खत्री, बाबुराम खत्री, सचिव गिता खत्री, सहसचिव इश्वर केसी, कोषाध्यक्ष भगिरथ केसी रहेका छन् । साधारण सभामा सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत भएको थियो ।

साथै आगामि योजना र कार्यक्रमका बारेमापनि उपभोक्ता बिच छलफल भएको बताइएको छ । उपभोक्ता समितिका निर्वतमान अध्यक्ष रामजी प्रसाद कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष ऋषिराम खत्री, उपभोक्ता समितिका पूर्व अध्यक्ष जिबनज्योती कट्टेल, रमेशरमण खनाल, बलराम कट्टेल, सरदबाबु कट्टेल लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्