
गोनपा १० छेवेटारमा कपडा बैकं कार्यक्रम
गोरखा नगरपालिका वडा नं १० स्थित छेवेटारमा दोस्रो चरणको कपडा बैंक कार्यक्रम सम्पन्न भएको छ । लियो क्लव अफ गोरखाका आयोजनामा भएको कार्यक्रममा शनिबार एक कार्यक्रम गरी सम्पन्न गरिएको हो ।
चिसोबाट आफु पनि बाचौँ र अरुलाई पनि बचाऔँ भन्ने मुख्य उद्देश्यका कार्यक्रम सम्पन्न गरिएको क्लवका अध्यक्ष बालकृष्ण परियारले बताए । जाडोको समयमा आर्थिक अवस्था कमजोर भएका कारण कपडा किन्न नसकेकाहरुकालागि कपडा वितरण गरिएको उनले बताए । करिब ५० भन्दा बढीलाई कपडा वितरण गरिएको हो ।
क्लवका अध्यक्ष वालकृष्ण परियारको अध्यक्षता तथा लियो क्लव अफ गोरखाका एड्भाईजर लायन श्यामबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लव अफ गोरखा तारानगरका अध्यक्ष यम बसेल, क्लवका दरौदीका अध्यक्ष रमेश विष्ट, समाजसेवि बुद्ध डोङ तामाङ लगायत उपस्थिति रहेको थियो ।




