| बुधबार, कार्तिक २५, २०८३

सोनाम ल्होसारको अवसरमा भिमसेनथापा ४ बालुवाटारमा मेला हुने

गोरखाको भिमसेन थापा गाउँपापिलका ४ धावाको बालुवाटारमा सोनाम ल्होसारमो अवसरमा मेला हुने भएको छ ।

यहि माघ ८ गते धावा, बालुवाटारमा तामाङ जातीको सोनाम ल्होसारको अवसरमा मेला हुन लागेको हो ।

संस्कार संस्कृतिको संरक्षण र सम्बद्र्धन हामी सबैको दायित्व भन्ने नाराका साथ सोनाम ल्होसार ह्योई तथा तवार लो(विरालो वर्ग) मञ्जुश्री संम्बत २८५९ हुन लागेको आयोजक बालुवाटार तामाङ समाजका हिरालाल तामाङले जानकारी दिए ।

मेलामा मुख्य आकर्षणका रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने, जनजातिको भेषभुषा सहित झाँकी ¥याली हुनेछ ।

त्यस्तै, वडा स्तरीय स्कुल साँस्कृतिक नृत्य प्रतियोगिता, जेष्ठ नागरिक, भु.पु शिक्षक र स्थानीय भु.पु सैनिकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको समेत आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्