
श्रीकृष्ण प्रणामी युवा परिषदद्धारा गोरखा, तनहुँ, लमजुङमा कपडा बितरण
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल गण्डकी लुम्बिनी प्रदेशले एक सय ६० जनालाई कपडा बितरण गरेको छ । अशक्त, अनाथ एवं जेष्ठ नागरिकहरुलाई चिसोबाट जोगाउन बाक्लो कपडा बितरण गरिएको श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल गण्डकी प्रदेश संयोजक एवं केन्द्रिय सदस्य भिम बगालेले बताए ।
गोरखा, तनहुँ, लमजुङमा करिब चार लाख रुपैयाँ बरावरको कपडा बितरण गरिएको हो । कार्यक्रममा बाबाजी महाराज, नेपालको प्रथम भागवत वाचिका तारा घिमिरे, सिरानचोक गाउँपालिका उप प्रमुख रिता देभकोटा, ब्यास नगरपालिकाका पूर्व नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, ब्यासका अध्यता काशिनाथ न्यौपाने, चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, देवभाट क्षेत्रबिकाश समिति पुर्व अध्यक्ष टंकनाथ पौडेल, प्राज्ञिक बिध्यार्थी परिषद्का केन्द्रिय उपाध्यक्ष पुष्पराज खतिवडा, सिरानचोक गाउँपालिका वडा न ७ अध्यक्ष राजेन्द्रबाबू ढकाल, सिरानचोक गाउँपालिका ६ न वडा अध्यक्ष प्रेम वस्ती, ब्यास नगरपालिका वडा न ५ अध्यक्ष बिष्णु कुमार श्रेष्ठ लगायतको उपस्थिती थियो । कार्यक्रम तनहुँ, गोरखा, लमजुङ र देवघाटमा गरिएको थियो ।
श्रीकृष्ण प्रणाामी युवा परिषद नेपाल गण्डकी, लुम्बिनी प्रदेशले यसअघिपनि बिभिन्न समाजसेवा गर्दै आएको छ ।




