| बुधबार, कार्तिक २५, २०८३

पत्रकार त्रिभुवन पौडेलको निधनप्रति पत्रकार महासंघ गोरखाको श्रद्धान्जली शभा

आईतवार पोखरामा भएको जहाज दुर्घटनामा परी ज्यान गुमाएका पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलको निधनप्रति पत्रकार महासंघ गोरखा शाखाले श्रद्धान्जली शभा गरेको छ ।

पत्रकार महासंघ गोरखाको कार्यालयमा सोमवार बिहान ११ बजे उनको फोटोमा माल्यापर्ण, फुल गुच्छा र अविरले पत्रकारहरुले श्रद्धान्जली अर्पण गरेका हुन् ।

पत्रकार महासंघ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष समेत रहेका पौडेलको निधनले पत्रकारिकता जगतले ठुलो क्षती ब्यहोर्नुपरेको पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले बताए । उर्जाशिल, क्षमतावान एक कुशल पत्रकार गुमाउनुपर्दा गोरखा शाखा मर्माहत बनेको बताउँदै उनले मृतक पौडेलप्रती श्रद्धान्जली र परिवारजनमा समवेदना ब्यक्त गरे ।

पत्रकार पौडेलको निधनप्रति जिल्ला शाखाले शोक पुस्तिका कार्यालयमा राखेको छ । उक्त कार्यक्रममा गोरखामा क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो । पत्रकार महासंघ र गोरखा जेसिजको आयोजनामा सोमवार साँझ गोरखा सदरमुकामको बसपार्कमा दिप प्रज्वलन कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्