
बाढी पहिरोमा परेका पालुङटारका आठ घरलाई लाभग्राहीमा छनौट
बिगत दुईबर्षदेखि बाढी, पहिरोमा घर गुमाएका गोरखाका आठ घरपरिबारलाई निजी आवास पुनर्निर्माण गर्नका लागि लाभग्राहीमा कायम गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार सम्पन्न बैठकले आठ वटा निजी आवास पुनर्निर्माण गर्नका लागि लाभग्राही कायम गर्ने निर्णय गरेको हो ।
मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि, २०७७ बमोजिम लाभग्राही कायम गर्ने निर्णय गरिएको प्रजिअ शंकरहरि आचार्यले बताए । उनकाअनुसार जिल्ला प्रशासन कार्यालय गोरखाको भदौ २४ गतेको निर्णयअनुसार गठित अनुगमन तथा निरीक्षण समितिबाट पालुङटार नगरपालिका, भीमसेनथापा गाउँपालिका, आरुघाट गाउँपालिका र सिरानचोक गाउँपालिकामा निरीक्षण गर्दा उक्त समितिबाट आठ वटा घर पुननिर्माणका लगि सिफारिस भई आए थियो ।
जसमध्ये पानपा २ का कृष्णबहादुर परियार, पानपा १० का रामबहादुर नेपाली, पानपा ६ का अविनाश गुरुङ र इश्वरबहादुर शाह, पानपा ९ का विमलबहादुर थापामगर, पानपा ४ का ठाकुर गिरी र पानपा ७ का रमेश रोकाको घर पुननिर्माण गर्ने निर्णय गरेको हो ।
त्यस्तै, जिल्ला विपद् व्यवस्थापन समितिको २०७८ असोज १६ गतेको निर्णयले पालुङटार नगरपालिका वडा नं. ६ की लालीमाया गुरुङलाई निजी आवास पुननिर्माणका लागि लाभग्राही कायम गर्ने निर्णय गरेको छ ।
यो वर्ष पालुङटार नगरपालिका वडा न ४ स्थित तल्लो जौवारी, लुइँटेल, गहतेरी, न्यौपानेखोला दलितवस्ती एवम् वडा नं. ३ स्थित राउतेपानी र वडा नं. ६ स्थित वेतनी दलित वस्तीमा बाढीबाट मानववस्ती तथा खेतीयोग्य जमिनमा क्षति पु¥याएको थियो । सो स्थानहरुमा मानव वस्ती राख्न उपयुक्त हुने वा नहुने विषयमा भौगोलिक अध्ययन गर्न राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध गरी पठाउने निर्णय समेत गरेको छ ।
वैठकले पालुङटार नगरपालिकाको साविक च्याङ्ली गा.वि.स. वडा नं. ७ र ९ हाल पा.न.पा. वडा नं. ७ मा रहेको एकसय २० रोपनी सरकारी जग्गामा कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनको आङ्गिक क्याम्पस स्थापना गर्न गृह मन्त्रालयमा सिफारिस गरेर पठाउने निर्णय गरेको छ ।
डिभिजन वन कार्यालय गोरखाले आफ्नो अगुवाइमा सामुदायिक वन उपभोक्ता महासंघ र सामुदायिक वन उपभोक्ता समुहहरुसँग समन्वय गरी बन डँडेलो रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने र सो कार्यको लागि स्थानीय तहले आवश्यक सहयोग गर्ने वैठकले निर्णय गरेकोछ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी आचार्यको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुखको उपस्थितिमा जिल्ला स्थित पालिका प्रमुख÷उपप्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका कार्यालय प्रमुख, राजनैतिक दलका प्रमुख÷प्रतिनिधिहरुको सहभागितामा भएको जिल्ला विपद् व्यवस्थापन समिति लगायत वैठकमा सहभागिता रहेको थियो ।




