| मङ्लबार, कार्तिक २४, २०८३

विपन्न परिबारलाई खाद्यान्न, लत्ताकपडा प्रदान

ल्होसारको अवसरमा पालुङटारका अति विपन्न एक दलित परिबारलाई खाद्यान्न तथा लत्ताकपडा प्रदान गरिएको छ । नगरपालिका वडा नं. ६ निवासी अतिबिपन्न पविन्द्र नेपालीको परिवारलाई रासन र ओढ्ने ओछ्याउने प्रदान गरिएको अभि गुरुङले जानकारी दिए ।

पुरानो धारा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर गुरुङज्युले सो राहत हस्तान्तरण गरेका उनले बताए । रमेश पराजुली, आरसी बोगटी, निश्चल रानाभाट, सुमन गिरी, सन्जिव राना, सरोज थापा, धनेन्द्र श्रेष्ठ, सरोज थापा मगर, दीपेन्द्र गिरी, अशोक श्रेष्ठ, टुकप्रसाद पौडेल, प्रताप मल्ल, राम जनम चौधरी र सन्देश मरहट्टाको सहयोगमा सो दलित परिबारलाई खाद्यान्न र लत्ताकपडा प्रदान गरिएको हो ।

स्थानीय अभि गुरुङको संयोजनमा राहत सामग्रीमा २ थान फाइबर सिरक, २ बोरा चामल, ३ पोका तोरीको तेल प्रदान गरेका थिए । त्यस्तै २ पोका आयोडिन नुन, ५०० ग्राम धनिया, ५०० ग्राम जिरा र २ थान ब्लाङ्केट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्