| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा विकास बचत तथा ऋण सहकारी संस्थाको २२ औँ वार्षिक साधारण सभा

गोरखा सदरमुकाममा रहेको गोरखा विकास बचत तथा ऋण सहकारी संस्थाको २२ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा सहकारीका सचिव शरदबाबु श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष योङकुमार श्रेष्ठले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका सहकारीका व्यवस्थापक नविनकुमार श्रेष्ठले बताए । साथै कार्यक्रममा सहकारीका विभिन्न उपसमितिहरुको प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो ।

सहकारीमा कुल ६ सय १८ जना सदस्य रहेकोमा ५ सय ४५ जना मात्र सक्रिया रहेको उनले बताए । त्यस्तै, सहकारीको हाल सम्म कुल पुँजी १२ करोड ८० लाख ७० हजार ६ सय रहेको छन् भने यो वर्ष ३६ लाख ७८ हजार आठ सय ३ रुपैया आर्जन गरेको श्रेष्ठले जानकारी दिए । कार्यक्रममा असल बचतकर्ता रामलाल श्रेष्ठ र असल ऋणी गोपीमाया श्रेष्ठलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष रामबाबु जोशीको अध्यक्षता तथा गोरखा नगरपालिका प्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मेयर राना, नगरपालिकाकी उपमेयर सपना पुन, वडा ६ का वडा अध्यक्ष राजेन्द्रकुमार जोशी, जिल्ला सहकारी संघ गोरखा महासचिव सरोज देवकोटा, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्