
ऐनापहरालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न डेढकरोड बजेट विनियोजन
आँबुखैरेनीगाउँपालिकाकार्यालयले पृथ्वीराजमार्ग खण्डमा पर्ने ऐनापहरालाई पर्यटकीय गन्तव्यबनाउनलागेको छ । आँबुखैरेनी वडा नं २ र ४ को सिमानामा रहेको ऐनापहरामा ‘ऐनापार्क’ बनाएर पर्यटन प्रवद्र्धन गर्न लागिएको हो ।
चालू आर्थिक वर्षमा रु एक करोड ४० लाखविनियोजन गरेर आकर्षक पार्क बनाउनलागिएको गाउँपालिकाकाअध्यक्षशुक्र चुमानले बताए । बहुबर्षीय योजनाअन्तर्गत गाउँपालिकाको आफ्नै स्रोतमा साहसिक खेल, सिसाको ब्रिज, जीपलाइन, स्वीमिङ पुल, ढुङ्गामा आर्कषण मूर्ति निर्माण लगायतका संरचनाकालागि डिपिआर गरी प्रक्रिया अघि बढाइएको उनले बताए ।
कूलपाँच करोड लाग्ने अनुमानअनुरुपगौरवको आयोजनामा राखेर कामगर्न लागेको गाउँपालिकाकार्यालयले जनाएको छ । पृथ्वीराजमार्ग भएर दैनिक हजारौँं सवारीसाधान गुड्ने हुँदापर्यटकलाई आकर्षण गर्न सकेको अवस्थामाआयआर्जन गर्न सकिने प्रचूर सम्भावना देखिएको छ ।
त्यसैगरी गाउँपालिकाले वडा नं ६ को हिलेखर्क र वडा नं १ को गिरौनचौरलाई नमूनापर्यटकीय गाउँ घोषणा गरी बजेट विनियोजन गरेको छ । दुई वडाका गाउँलाई रु तीस लाखका दरले रु साठी लाख बजेट विनियोजन गरेर प्रक्रिया अघि बढाइएको छ ।
कार्यविधिबनाएर मौलिकप्रकृतिका घरको संरक्षण गरिने अध्यक्षचुमानले जानकारी दिए । उक्त स्थानमाअबबन्ने घर पनिमौलिककिसिमकाहुनेछन । उनकाअनुसार त्यहाँ रहेका घुमाउने घर गुरुङ समुदायको कलासंस्कृतिपर्यटकका लागिआर्कषणको गन्तव्यस्थलबन्नसक्ने छ ।




