
डिन गोरखको अध्यक्षमा श्रेष्ठ चयन
डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल(डिन) गोरखाको अध्यक्षमा अजयकुमार श्रेष्ठ चयन भएका छन् । आइतबार भएको अधिवेशबाट पुर्वाधार विकास कार्यालय गोरखाका इन्जिनियर श्रेष्ठको अध्यक्षमा एघार सदस्यी नयाँ कार्यसमिति चयन भएका हुन् ।
कार्यसमितिको उपाध्यक्षमा शिला विकास तथा समन्वय इकाईका सव इन्जिनियर राजन राना, सचिवमा गोरखा नगरपालिकाका इन्जिनियर सुजित थापामगर, सहसचिवमा परामर्श दाता संस्थाका इन्जिनियर प्रमोद थापा, कोषाध्यक्षमा पुर्वाधार विकास कार्यालयका सव इन्जिनियर सन्त घले चयन भएका छन् ।
कार्यसमितिको सदस्यहरुमा गोरखा नगरपालिकाका इन्जिनियर कपिल कोइराला र राजु श्रेष्ठ, सव इन्जिनियर सिता बयलकोटी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सव इन्जिनियर दिपक खनाल, चुमनुब्री गाउँपालिकाका सव इन्जिनियर सुमन गुरुङ र गोरखा नगरपालिकाका सव इन्जिनियर आशिष श्रेष्ठ चयन भएको डिन गोरखाले जनाएको छ ।
सोहि भेलाले खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर शम्भुराज खनाल, ११ किलो छेवेटार भालुस्वाँरा वारपाक सडक योजना कार्यालयका इन्जिनियर गोविन्द श्रेष्ठ तथा गोरखा नगरपालिकाका इन्जिनियर निशान पाठकलाई सल्लाकार चयन गरिएको डिन गोरखाले जनाएको छ ।
डिप्लोमा इन्जिनियर्स एसोसिएसनका केन्द्रिय उपाध्यक्ष भिमप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।




