
राइनासटार सिँचाइ आयोजना बचाउ संघर्ष समिति गठन
चेपे ए जलविद्युत आयोजनाका कारण सुख्खा लाग्ने भएपछि राइनासटारका किसानहरुले राइनासटार सिँचाइ आयोजना बचाउ संघर्ष समिति गठन गरेका छन् । मंगलबार सम्पन्न भेलाले सो आयोजनाको जल उपभोक्ता समितिका सदस्य श्रीकृष्ण पौडेलको संयोजकत्वमा ५२५ सदस्यीय संघर्ष समिति गठन गरेको हो ।
समितिले राइनासटार सिँचाइ आयोजनाबाट सिँचित हुने आठसय ५० हेक्टर खेतलाई सो जलविद्युत आयोजनाका कारण सुख्खा लाग्नबाट बचाउन निरन्तर संघर्ष गर्ने समितिका कोषाध्यक्ष गोविन्दराज न्यौपानेले जानकारी दिए ।
साथै चेपे ए जलविद्युत आयोजनाले किटानी जाहेरी दिएका किसानहरुलाई बचाउन संघर्ष गर्ने पनि उनले बताए ।
चेपे ए जलविद्युत आयोजनाको पावरहाउस राइनास सिँचाइ आयोजनाको बाँध भन्दा डेढसय मिटर तर बनिरहेकाले किसानको खेत सुख्खा लाग्ने किसानहरुको आरोप छ ।
सो पावर हाउस सिँचाइ आयोजनाको बाँध भन्दा माथि बनाउन माग गर्दै किसानहरु आन्दोलित छन् ।




