
उपेन्द्र–भुवन फाउण्डेसनद्वारा सचेतना कार्यक्रम संचालन
प्रोस्टेट क्यान्सरसँग लड्ने मुल उदेश्य सहित अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापना भएको उपेन्द्र–भुवन फाउण्डेसन नामक सामाजिक संस्स्थाबाट स्वास्थ्य जनचेतना सम्बन्धि कार्यक्रम संचालन भईरहेको छ ।
समसामयिक स्वास्थ्य समस्या सहित विविध क्यान्सर रोगहरुको बारेमा स्वास्थ्यकर्मीहरु, उपचाररतहरु, परिवार एवं अन्य विशेषज्ञहरुसँग कुराकानी गर्ने गरिन्छ । दर्शकहरुसँग अन्तरक्रियात्मक कार्यक्रममा प्रश्नहरु लिईसंम्बन्धित विशेषज्ञहरुबाट जवाफ लिईन्छ ।

कार्यक्रमको पहिलो श्रृखलामा डाक्टर प्रकाश श्रेष्ठले प्रोस्टेट क्यान्सरको बारेमा जानकारी दिएका थिए भने दोस्रो श्रृखलामा प्रा. तारा पोखरेलले स्तन क्यान्सरको बारेमा जानकारी गराएका थिए ।
प्रा. पोखरेल एक नर्स प्राध्यापक एवं स्तन क्यान्सर जित्न सफल व्यक्ति समेत हुन् । त्यसै गरि तेस्रो श्रृखला ट्रान्सप्लान्ट पल्मोनोलोजिस्ट डा. शम्भु अर्यालले फोक्सोको क्यान्सरको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रमको उपेन्द्र–भुवन फाउण्डेसनकी संस्थापक अध्यक्ष सुनिता बस्नेत र मेडिकल डाइरेक्टर डा. प्रकाश श्रेष्ठले सहजिकरण गरेका थिए ।
भुवन कुमारी बस्नेत र स्वर्गीय उपेन्द्र बस्नेतको नामबाट स्थापना भएको यस संस्थाले गोरखा जिल्लालाई आधार बनाएर प्रोस्टेट क्यान्सर संम्बन्धी विभिन्न क्रियाकलापहरु संचालन गर्दै आएको छ छ । स्वर्गिय उपेन्द्र बस्नेतको प्रोस्टेट क्यान्सरको कारण सन् २००० डिसेम्वर १३ मा निधन भएको थियो ।
उनको निधनपछि यो संस्था स्थापना भएर बिभिन्न सामाजिक गतिविधि संचालन गर्दै आएको संस्थापक अध्यक्ष सुनिता बस्नेतले बताईन् । आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने योजना रहेको उनले बताईन ।




