| मङ्लबार, कार्तिक २४, २०८३

नेपाल नेत्रहिन संघ, पुनस्र्थापना कार्यक्रमको सार्वजनिक सुनुवाई

नेपाल नेत्रहीन संघ, पुनस्थार्पना कार्यक्रमको सार्वजनिक सुनुवाई तथा नगरस्तीय परियोजना सल्लाकार समितिको वैठक सम्पन्न भएको छ । गोरखा सदरमुकाममा सोमबार एक कार्यक्रमका बीच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल नेत्रहिन संघ पुनस्थापना कार्यक्रम कार्यालयको आयोजनामा भएको कार्यक्रममा कार्यालयले वर्षभरीमा जिल्लामा गरेको गतिविधिहरुका बारेमा सहभागीहरुलाई जानकारी गराएको थियो ।

कार्यक्रममा संस्थाले गोरखा नगरपालिकाको १४ वटै वडामा पुगी अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गर्ने कार्य भइरहेको नेपाल नेत्रहिन संघ, पुनस्थार्पपना कार्यक्रमका निर्देशक प्रेम महर्जनले बताए । उनले प्रत्येक व्यक्तिको घरघरमा पुगी अपाङता भएका व्यक्तिहरुको पहिचान गर्ने कार्य भइरहेको र यसले अपाङता भएका व्यक्तिहरुलाई परिचयपत्र उपलब्ध गराउन र उपचार गर्नमा धेरै सहज हुने बताए । संघले जिल्लाका विभिन्न विद्यालयहरुमा पुगी आँखा शिविर गर्दै चस्मा र औषधी निशुल्क वितरण गर्दै आएको छ ।

अपाङता भएका व्यक्तिहरु जिपिकोपार्जनमा सहयोग पु¥याउन १९ जनालाई विनाधितो ऋण प्रवाह गरेको छ । उक्त सेवा प्राप्त गर्नकालागि वडा कार्यालयको शिफारिस र अपाङ्गता परिचयपत्र चाहिने व्यवस्था छ । त्यस्तै, ७५ जनालाई दैनिक दिनचर्या सामग्री वितरण गरिएको जनाएको छ । अपाङता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धि गर्नकालागि संस्थाले लोकसेवा, शिक्षक सेवा आयोग लगायत कम्युटर तालिम, छात्रवृत्ति, ब्रेल पेपर र स्टाइलस वितरण लगायतका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगर, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियार, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा, गोरखा नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख विजय उपाध्याय लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

उनीहरुले कार्यक्रम संघको कार्यक्रम राम्रो रहेको र आगामी दिनमा अझ थप क्षेत्रमा कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम गोरखा नेत्रहिन संघका प्रमुख पवन बस्नेतको सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्