
गण्डकी महिला बचत तथा ऋण सहकारीको २९ औँ साधारण सभा सम्पन्न
गोरखा नगरपालिका वडा नम्बर १० मा रहेको गण्डकी महिला बचत तथा ऋण सहकारी संस्थाको २९ औँ साधारण सभा शुक्रवार सम्पन्न भएको छ । संस्थाको कार्यालय बिरेन्चोकमा भएको साधारण सभामा उत्कृष्ठ सदस्य, ऋण समयमै तिर्ने सदस्यहरुलाई सम्मान गरिएको छ ।
संस्थाकी अध्यक्ष बेत्राबती बगालेको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, उपमेयर मसलीमाया थोकर, वडा अध्यक्ष प्रदिप कुँवर, स्थानीय किशोरजंग थापा, गोरखा नगरकार्यपालिका सदस्य सावित्रा थापा मगर लगायतले मन्तब्य राखेका थिए ।
उक्त संस्थामा मासिक बचतकर्ता १२ सय आठ जना, संस्थागत बचतकर्ता ४० जना, बाल बचतकर्ता पाँच सय ६१ जना, गहना बचकर्ता छ सय ११ जना, पेन्सन बचतकर्ता दुई सय ३८ जना, दैनिक बचतकर्ता ११ सय ४४ जना, ऐच्छिक बचतकर्ता नौ सय ६१ जना, एक वर्षे आवधिक बचत संख्या १६ जना, ६ वर्षे आवधिक बचत संख्या १९ जना, स्वरोजगार बिमा बचत २२ जना गरी चार हजार आठ सय २० जना रहेका छन् ।
कृषि, उद्योग, ब्यापार, शिक्षा ऋण, औषधी उपचार, आकस्मिक ऋण लगायत बिभिन्न क्षेत्रमा सहकारीले लगानी गर्दै आएको सचिव ज्ञानु रानाले बताईन ।
कोषाध्यक्ष उसा राना मगरले सहकारीको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन । कोषाध्यक्ष र सचिवको प्रतिवेदन सर्वसम्मतले पास भएको अध्यक्ष बगालेले बताईन । उक्त सहकारीमा महिलाहरु मात्रै सदस्य छन् । विसं २०४९ सालमा स्थापना भएको यो सहकारीले गत वर्ष सात करोड ५८ लाख रुपैयाँ बचत मात्रै संकलन गरेको जनाएको छ । यो सहकारी उत्कृष्ठ घोषित समेत भएको थियो ।




