
नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन गोरखाको अध्यक्षमा अर्याल
नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन गोरखाको अध्यक्षमा रामशरण अर्याल निर्वाचित भएका छन् । गोरखा सदरमुकाममा शनिबार सम्पन्न सो एशोसिएसनको २६ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट अर्याल अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनले अर्यालयको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा आशिक अर्याल, सचिवमा राजेन्द्र गान्धारी, सहसचिवमा सुस्मा कट्टेल, कोषाध्यक्षमा विष्णु कुँवर र र सहकोषाध्यक्षमा सावित्री भट्ट चयन भएका छन् ।
सदस्यहरुमा सिमन कुमाल, सरस्वती गुरुङ र सिता थापा क्षेत्री चयन भएका छन् ।
संस्थाको वार्षिक साधारण सभामा यसअघिको समितिका सचिव राजेन्द्र गान्धारी सचिव प्रतिवेदन र कोषाध्यक्ष विष्णु कुँवरले कोषाध्यक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही अधिवेशनमा संगठनको हकहित र पेशाप्रति मर्यादित भएर व्यवसाय गर्नुपर्ने नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक सरोज देवकोटाले बताए ।
एशोसिएसनको निवर्तमान समितिका अध्यक्ष केदारबाबु मग्रतीको अध्यक्षता तथा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक सरोज देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मालपोत कार्यालयका निमित प्रमुख रामशरण अर्याल, नापी कार्यालयका प्रतिनिधि रशोक कुमार यादव, ऋषिराम न्यौपाने, ऋषीराम देवकोटा, कृष्णबहादुर खत्री लगायतले मन्तव्य राखेका थिए ।




