| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा एड्भान्स कुकिङ तालिम सम्पन्न

गोरखा सदरमुकाममा एड्भान्स कुकिङ तालिम सम्पन्न भएको छ । होटल एशोसिएसन नेपाल(हान) गोरखा शाखाको आयोजना तथा हानको केन्द्र र युएनडिपीको आर्थिक सहयोगमा तालिम संचालन भएको हो ।

मंसीर ९ गतेबाट सुरु भएको तालिम मंसीर १५ गतेसम्म संचालन भएकोे हान गोरखाका संयोजक मानप्रसाद धितालले बताए । गोरखामा होटल संचालन गर्दै आएका व्यवसायीहरु र कुकिङ सिक्नचाहाने व्यक्तिहरुलाई कुकिङ एड्भान्स तालिमदिएको उनले बताए ।

होटलमाआएकाग्राहकहरुको अर्डर गरेअनुसारको खानाको परिकारहरु बनाउनका लागि दक्ष जनशक्ति तयार गर्न तालिम दिएको उनले जानकारी दिए । आगामी दिनमा स्थानीय तहसँग सहकार्य गर्दै यस प्रकारका तालिमहरु संचालनगर्दै जाने र रोजगारी पनि दिने समेत उनले बताए ।

रोजगारीको खोजीमा रहेका र होटल संचालन गरिरहेका व्यक्तिहरुलाई कुकिङमा दक्ष बनाउनका लागि तालिम दिएको होटल एशोसिएसन नेपाल(हान) गण्डकी प्रदेशका संयोजक हरि शर्मा गैरेले बताए । दक्षता भएको कुकिङ पर्यटन उद्योगलाई चलायमान बनाउने मुख्य आधार भएको बताउदै यसले आन्तरिक र बाह्य पर्यटकलाई पनि स्थानीय खाद्य वस्तुलाई मिठो स्वाद चखाउन मद्धत गर्ने समेत उनले बताए ।

तालिम प्राप्त गरेका जनशक्तिले प्रभावकारी रुपमा सिकेका कुराहरु व्यवहारमा कार्यान्वयन गर्न समेत उनले अनुरोध गरेका थिए । उनकाअनुसार गण्डकी प्रदेशका केही जिल्लामा तालिम संचालन भइसकेका छन भने केही जिल्लामा संचालन गर्ने क्रममा रहेको छ ।

तालिम स्थानीय स्तरमा उत्पादन भएका खानेकुराका विभिन्न परिकारहरु सिकाइएको बताउदै यसले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनमा पनि मद्धत पुग्ने प्रशिक्षक तथा भान्से लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिए । नेपालमा स्थानीय परिकार धेरै रहेको तर स्थापित गर्न नसकेको बताउदै गाउँघरमा पहिलादेखि नै खादै आएका विभिन्न जातजातिका परिकारहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा छुटै पहिचानका साथ स्थापित गर्नमा सबै लाग्नुपर्ने बताए ।

तालिममा गोरखामा होटल संचालन गरिरहेका ४० जनाको सहभागिता रहेको धितालले बताए । तालिममा सेफ श्याम तामाङ र लक्ष्मण भण्डारी प्रशिक्षकका रुपमा रहेका छन् ।

समापन समारोहमा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, हान गोरखाका अध्यक्ष मानप्रसाद धिताल, हान तनहुँका अध्यक्ष जीवन शाही, हान कास्कीका अध्यक्ष लक्ष्मण सुवेदी, गण्डकी प्रदेश संयोजक हरि शर्मा गैरे, प्रशिक्षक र प्रशिक्षार्थीहरुले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्